यूके पुग्छ खोटाङमा उत्पादित कठुवा | Khabarhub Khabarhub

यूके पुग्छ खोटाङमा उत्पादित कठुवा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चालन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्रबहादुर बिक र ओमराज बिकलाई काठका सामान बनाउन भ्याइनभ्याई छ ।

बिकद्धयले खोलाको पानीले मोटर घुमाएर दारको काठबाट ठेका, ठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरी, दही जमाउने भाँडो, कुरुवा, हर्पे, बटुका, स्ट्रे, गिलास, गम्भु लगायतका सामान उत्पादन गर्दैआएका छन् । उत्पादित स–साना कठुवा ९टुक्से० काठ्माडौंदेखि यूकेसम्म पुग्ने गरेको छ ।

चन्द्रबहादुर काका र ओमराज भतिजा हुन् । उनीहरुले जालपाको कादेलस्थित लुम्झु खोलाको किनारमा चदरा उद्योग चलाइरहेका छन् । बिकद्धयले बिक्रीका लागि काठमा सामान तयार गर्न पर्दैन । बिक्रीका लागि बजार खोज्दै हिँड्न पर्दैन । काकाभतिजलाई ‘अर्डर’ अनुसारको सामान बनाउ नै भ्याइनभ्याइ हुने गरेको छ । चदरा व्यवसायबाट मासिक २५९३० हजार आम्दानी हुने गरेको ओमराज बताउँछन् ।

जालपाका बिक परिवारको पुर्खौली पेशा हो चदरा व्यवसाय । खोटाङमा हालसम्म चदरा व्यवसायलाई बचाउने सम्भवतः बिकद्धय मात्र बाँकी रहेको जालपाका वडाध्यक्ष दानबहादुर राई दावी गर्छन् । बिकद्धयले उत्पादन गरेका काठका कतिपय भाँडाकुँडा दिक्तेलबजारका कोसेली घर पशलमा विक्रीका लागि राख्ने गरिएको छ ।

यद्यपी, उनीहरुले उत्पादन गरेको काठका अधिकांश सामान युके पुग्ने गरेको छ । युकेमा बस्ने किरात समुदाय उनीहरुको मुख्या ग्राहक हुन् । घुमन्ते चदरा व्यवसायीले विभिन्न ठाउँमा पुगेर काठका सामान बनाउँछन् तर जालपामा उत्पादित सामान ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ ।

सजिलो र परपर्दो पेशा
चन्द्रबहादुर र ओमराजले बाल्यवस्थामै बाबुबाजेबाट चदरा व्यवसाय सम्वन्धी सीप सिकेका हुन् । तर चन्द्रबहादुर मजदुरीको कामका लागि भारतसम्म पुगे । भवन निर्माण सम्वन्धी काम सिके । गाउँ फर्किएर पनि भवन निर्माण सम्वन्धी काम गरे । उमेर ढल्किदै गएपछि र भारी काम गर्न असहज हुन थालेपछि उनले दुई वर्षदेखि चदरा व्यवसायलाई नै निरन्तरता दिएका हुन् ।

ओमराजले पनि १४र१५ वर्षकै उमेरमा काठका भाँडाकुँडा बनाउन सिकेका थिए । पैसा कमाउने सपना बोकेर बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगे । विदेशमा गरेको दुःखले उनलाई आफ्नै गाउँमा पसिना बगाउने उत्प्रेरणा मिल्यो । चार वर्षदेखि ओमराज लम्झु खोलामा छाप्रो बनाउर चदरा व्यवसाय चलाउन तल्लिन छन् ।

चदरा व्यवसायीले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पुगेर दारका काठ ल्याउने गरेका छन् । सामान बनाउने दारको रुखलाई प्रतिवटा १०र१५ हजारदेखि २४र२५ हजारमा खरिद गरेर ल्याउने गरिएको छ । उनीहरु दिनभर खोलामा बनाइएको छाप्रोभित्र छिनो प्रयोग गरेर काठका भाँडाकुँडा खोपिरहेका हुन्छन् । खाना त्यही बनाएर खान्छन् । साँझ परेपछि मात्र घर जाने गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न