वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : मन्त्री किराँती « Khabarhub

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : मन्त्री किराँती


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन्।

निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले बताए ।

पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आज अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे ।

उनले भने, “वायुसेवा निगम इतिहासकै चरम सङ्कटमा छ, अर्को भाषामा भन्नुपर्दा कृत्रिम श्वास लिइरहेको छ । राष्ट्रिय ध्वजावाहकको यो हालतलाई सुधार गरेर लैजानुर्छ ।”

पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताए । संस्कृति र सम्पदाको क्षेत्रमा पनि सन्तोषजनक काम हुन नसकेको उनको भनाइ छ ।

आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे । उनले मन्त्रालय मातहतका निकायको कामकारबाही चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम ल्याउने बताए।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : ५७ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा