ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु, दुई घाइते « Khabarhub

ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु, दुई घाइते


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा  मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्रयाक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । 

 घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ५० बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल