नेपाली उत्पादनलाई अध्यादेश ल्याएर दर्ता गर्नुपर्छ | Khabarhub Khabarhub

नेपाली उत्पादनलाई अध्यादेश ल्याएर दर्ता गर्नुपर्छ

यात्रीले चलाएको बहस


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भीम उपाध्यायले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर सात वटा बुँदामा देश बनाउने र देशमा भएका समस्यालाई चिर्नको लागि सुझावहरू दिएका छन्। काम गर्ने युवालाई राज्यले नहेरेको भन्दै युवा आक्रोशित छन्। नेपाली युवाले बनाएको दुई पाग्रे सवारी मोटरसाइकल नेपालमै चलाउन सरकारको पक्षबाट केही सहयोग नभएको गुनासो युवाहरुले गरेपछि यो विषय सामाजिकल सञ्जालमा चर्चामा छ। उपनिर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा यसले राजनीतिमा एक किसिमको तरंग ल्याएको छ। यी र यस्तै विषयमा आधारित रहेर पूर्व सचिव भीम उपाध्यायसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

देशमा भएको उपनिर्वाचनलाई कसरी हेर्नु भएको छ ?
गएको निर्वाचनबाट नयाँ दल आए। त्यसले पुराना दलहरूलाई अलिकति पछाडि धकेलेको छ। त्यस कारण सबैको चासो उपनिर्वाचनमा पनि नयाँ दलतर्फ नै देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगमनले यथास्थितिवादी दललाई पछाडि धकेलेको छ। नयाँ दललाई मौका दिएको छ। यसलाई निर्वाचन क्षेत्र बाहिरका मानिसले पनि ध्यान दिएका छन्। नयाँ दलका सर्मथक देशमा मात्र होइन विदेशमा पनि धेरै छन्। त्यसले यसको चर्चा र आकर्षण दुवै देखिन्छ।

नयाँ दलप्रति जनताको मोह किन देखियो ?
अहिलेको दलीय व्यवस्थापनप्रति जनता आजित भएका छन्। राजनीति सेवा हो व्यापार होइन भन्ने बुझेर जनताले मत हालेका छन्। नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगेको बताइन्छ। तर नेपालमा बनेको यात्री, विद्युतीय मोटरसाइकल दर्ता गर्न दिइएको छैन। देश र जनताका निम्ति कानुन नबनाउने भएपछि हामीलाई किन चाहियो जनप्रतिनिधि ? जनप्रतिनिधि भन्दा पनि पहिला यहाँ ब्युरोक्रेसिको कुरा हुन्छ। कानुन नियम सही बनाउनुपर्छ। नेपालीले उत्पादन गरेको सवारी साधन सुरक्षित छ कि छैन भनेर जाँच गरेर अगाडि बढ्नुपर्छ। यदि त्यसमा समस्या भए सुधारको पाटो यो हो भनेर समयमा नै भन्नुपर्छ। अहिले उद्योग मन्त्रालय र यातायात मन्त्रालय के काम भन्ने अवस्था आइसक्यो। नेपाली युवाले उत्पादन गरेको विद्युतीय मोटरसाइकल अध्यादेश ल्याएर भए पनि दर्ता खुला गर्नुपर्छ। नेपालमा नै बसेर कसैले केही गर्छु भनेर आउँछ भने प्रोत्साहन गर्नुपर्छ। उसलाई हौसला प्रदान गर्नुपर्छ।

एउटा व्यक्तिले देशमा बनाएको विद्युतीय सवारीलाई चलाउन अनुमति पाउँदैन भने दोष कसले लिने ?
कानुनी प्रक्रिया आज बोलेर भोलि नै बन्ने हुँदैन। यसको प्रक्रिया ढिलो हुन्छ। राजनीतिक कुरामा छिटो कानुन बन्छ। तर यस्ता कुरामा ढिलो हुन्छ। सांसदमा पनि योग्य व्यक्ति पुगेनन्। सांसदले यस्ता कुरामा विशेष चासो दिनुपर्छ। बाहिर हरेक सांसदले कानुन बनाउँछन्। सरकारले काम दिएन भने यहाँको सांसदको काम छैन।

तपाईंले भर्खरै प्रधानमन्त्रीलाई केही ध्यानाकर्षण  गर्नुभएको छ, के प्रतिक्रिया पाउनुभयो ?
मैले केही सुधार गर्न सकिन्छ कि भनेर कुरा राखिराखेको छु। प्रधानमन्त्री कार्यालयमा यी कुराको ध्यानाकर्षण भएको छ। पहिलाको प्रचण्ड र अहिलेका प्रचण्डमा धेरै फरक छ। अब धेरै समय गयो। सबैलाई मिलाएर लानुपर्छ भन्ने पनि भएको छ। अब केही गर्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ। विश्वास गरौँ।

तपाईंले बुझाउनु भएका सात बुँदामध्ये बुँदा नम्बर ३ मा नेपालका जेलमा गाँजा प्रकरणमा रहेका कैदीलाई अन्य अपराध गरेका छैनन् भने आम माफी दिएर छोड्नु पर्छ भन्नु भएको रहेछ। यसको के प्रतिक्रिया पाउनु भएको छ ?
लेखेर नीतिगत रूपमा आउँछ भन्ने जवाफ पाएको छु। नीति आयो भने गाँजा बारेमा यो पटक केही संकेत आउँछ। गाँजाको विरुद्धमा जे भ्रम छ त्यो चिर्नुपर्छ। पहिलाको त्यो भ्रमलाई अहिले जडीबुटीको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुराले काटेको छ। अहिले भृकुटी मण्डपमा गाँजाबाट बनेका जडीबुटी प्रदर्शन भएका छन्। नेपालमा पनि औषधिहरू बन्दो रहेछ। गैर कानुनी रूपमा करोडौँ रुपैयाँको गाँजा बिक्री भएको छ। त्यसलाई खुला गर्याे भने गैर कानुनी रूपमा पैसा कमाउनेले त कमाउन पाएनन्। अहिले असाध्यै रोग बढेको छ। त्यसको उपचार गाँजा हो भनेर अध्ययनले प्रमाणित गरेको छ। अब नेपाले पनि यसको फाइदा लिनुपर्छ। मोटर साइकलको कुरामा सबै लागेर सरकारलाई भन्नुपर्छ सरकारले खराब पक्ष छ भने यो खराब के हो ? भन्नुपर्छ र सुधार गर्ने बाटो खुला गर्नुपर्छ। अब नेताहरूले गर्छु भनेर बस्ने अवस्था छैन, यो भनेको गरेर देखाउने समय हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ४६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी