चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा  « Khabarhub

चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर -२ मा मत गणना जारी रहेको छ । 

पछिल्लो परिणामअनुसार ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तरका साथ अगाडि छन्।  उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्। 

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत  प्राप्त गरेका छन्।

चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ। 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ३५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।