राष्ट्रिय यातायात नीति आवश्यक छ | Khabarhub Khabarhub

राष्ट्रिय यातायात नीति आवश्यक छ

'यातायात क्षेत्रको सुधारका लागि भिजन बनाउन सकिएन'


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालमा करिब ७० हजार मालवाहक सवारी साधन दर्ता भएर सञ्चालन भएका छन्। पछिल्लो समय यो क्षेत्रका समस्या के कस्ता छन् ? सुधारका लागि के गर्नुपर्छ ? भारतीय मालवाहकको चपेटामा परेका नेपाली व्यावसायीको अवस्था कस्तो छ ? यस विषयमा आधारित भएर सडक सुरक्षा विज्ञ सरोज प्रधानसँग आशुतोष अर्यालले गरेको कुराकानी सम्पादित अंश :

यातायात व्यवसायमा सुधार गर्न हामी कहाँ चुकेका छौं ?
धेरै यातायातका साधन भएको कारण त्यसको संरक्षणमा नै हामी चुकेको अवस्था छ। पहिलादेखि नै हामीले यातायात क्षेत्रलाई कसरी र कता लाने भनेर भिजन नै बनाएका छैनौँ। लामो समय लिएर सही र सत्य रूपमा भिजन बनाउन सकिएन। यातायात सेवामा आयोजना सही रूपमा नबनाएर अगाडि गएको कारण नै विकास कार्य नभएको भन्ने भान भएको छ। यो समस्या भनेको संघीयता, व्यवस्थापन तथा कार्यान्वयन गर्न नसकेको मुख्य कारण हो। एक ठाउँमा मात्र चुकेको अवस्था होइन। सबै पक्षमा नै बलियो भने छैन।

सरकारको लगानी हुँदा हुँदै दुर्घटना न्यूनीकरण गर्न किन नसकिएको हो ?
यातायातमा लगानी केही रकम भएको देखिन्छ। त्यो लगानीले कताकताको सडकलाई सुधार गर्ने हो ? एक ठाउँमा मात्र होइन, सबै स्थानमा सडकको अवस्था खराब छ। सडकबाट हुने दुर्घटना र मृत्यु मात्र होइन अंगभंग हुने खतरा हुन्छ। सवारी साधन र मानवीय सुरक्षाका लागि सडक गुणस्तरीय हुन सकेका छैनन्। सडक सुरक्षामा नाराले मात्र पुग्दैन। कार्यमा परिवर्तन ल्याउनुपर्छ। योजना बनाउने त्यसमा स्रोत नदेखाउने अनि कार्य पुरा गर्न नसक्ने अवस्था हुन्छ। यसले गर्दा बीचमै काम छोड्नुपर्ने अवस्था आउनसक्छ।

मन्त्री नै फेरिएपछि मन्त्रालयको काम कारबाहीमा कस्तो प्रभाव पर्छ ?
एउटा सिस्टममा चल्ने हो भने मन्त्रालयमा कुनै प्रभाव नपर्नु पर्ने हो। नीतिसँग जोडेर आउने सिस्टम नयाँ हुनुपर्छ। राष्ट्रिय यातायात नीति ल्याउनु आवश्यक छ। हामीले एउटा पुरानो नीति लिएर बसेका छौँ। अहिले यो कार्यदलको कुरा फेरि श्राद्ध गरेजस्तो मात्र हो। हाम्रो देशमा प्रत्येक वर्ष सडक बढाउने काम भएको छ। तर सुधार र संरक्षण भएको छैन। सडक सुरक्षाका लागि कसैले ध्यान नदिएको अवस्था छ।

सीटीईभीटीको माध्यमबाट व्यवस्था गरेर यातायातमा के कस्ता सुधार ल्याउन सकिन्छ ?
नसकिने होइन तर गर्न सक्नुपर्छ। त्यसको सही रूपमा प्रयोग गर्न सकिन्छ। सडक सुरक्षाका लागि हामी सक्षम छौँ। त्यसका लागि तालिमको विकास हुनुपर्छ र क्षमता अनुसार कार्यको लागि मान्छे राख्न सक्नुपर्छ। हाम्रो देशमा पुराना गाडी बढी प्रयोगमा आएको पाइन्छ। त्यसमा सुधार गर्न सक्नुपर्ने हुन्छ। पुराना सवारी साधनको धुँवा धुलोका कारण वातावरण त्यसै नराम्रो असर पुगेको छ। त्यसकारण वातावरणीय परिस्थितिलाई सहज रूपमा अगाडि बढाउने विकासलाई नेपालले अवलम्बन गर्नुपर्छ। त्यसका लागि मार्गचित्र तयार गर्न सम्बन्धित निकाय लाग्नुपर्छ।

भारतबाट आयात हुने सवारी साधनलाई रोकेर नेपालीलाई नै काममा लगाउन मन्त्रालयले कुनै कार्यविधि बनाएको थिएन ?
यस्तो कार्यविधि बनेको जस्तो लाग्दैन। छिमेकी देश भारतका सवारी साधन नेपालमा आउँदा नेपाली व्यापारीलाई पनि फाइदा देखिन्छ। भारतीय सवारी साधनले ढुवानी गर्दा सजिलो हुन्छ। भारतीय सवारी साधनले नेपालमा उत्पादन भन्दा आयत सहज जस्तो बनाएको छ। यो भौगोलिक निकटताको परिणाम हुनसक्छ।

भारत र नेपालको संलग्नतामा ठूलो जनधनको क्षति भएको पाइन्छ। यो अवस्थामा कस्तो कारबाही वा कानुनले के प्रक्रिया अगाडि बढाउने गरेको पाउनुभएको छ ?
यसमा दुई देशको संलग्नता हुने भएको कारण कुन गाडी कसरी आउँछ भन्ने कुरा रेकर्डमा राख्नुपर्ने हुन्छ। पछिल्लो समय यो समस्या कम हुँदै गएको छ। यसको अर्थ नेपालको सिस्टममा सुधार भएको हो। भारतबाट प्रवेश गरेका सवारी साधन कहाँबाट कता पुग्यो भन्ने महत्त्वपूर्ण हुन्छ। यसको रेकर्ड व्यवस्थित भए कारबाही प्रक्रिया अगाडि बढाउन सहज हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : २६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी