तनहुँवासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले « Khabarhub

तनहुँवासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे । 

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : २० बजे

 मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की– मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक

जलवायु विस्थापन : शताब्दीकै बढ्दो मानवीय संकट

विश्वभर जलवायु परिवर्तनका प्रभाव तीव्र गतिमा बढ्दै जाँदा मानिसको जीवन,

बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै 

नेपालगञ्ज–  बाँकेका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा यात्रा गर्न पाउँदा

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी– म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम्

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति