चितवनमा रवि लामिछाने जित नजिक, ४० हजारभन्दा बढी मतान्तरले अगाडि  « Khabarhub

चितवनमा रवि लामिछाने जित नजिक, ४० हजारभन्दा बढी मतान्तरले अगाडि 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । लामिछाने ४० हजार ८६४ मतान्तरले अगाडि रहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो ।

सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई