चितवनमा रवि लामिछाने जित नजिक, ४० हजारभन्दा बढी मतान्तरले अगाडि  « Khabarhub

चितवनमा रवि लामिछाने जित नजिक, ४० हजारभन्दा बढी मतान्तरले अगाडि 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । लामिछाने ४० हजार ८६४ मतान्तरले अगाडि रहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो ।

सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।