बारा २ मा एमालेका उम्मेदवार पौडेलले मतदातालाई दिए धन्यवाद « Khabarhub

बारा २ मा एमालेका उम्मेदवार पौडेलले मतदातालाई दिए धन्यवाद


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनुभयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।

‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ३७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।