एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल « Khabarhub

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ पुगेका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्नो पार्टी जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए ।

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।”

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।