बारा २ मा अग्रता लिइरहेका उपेन्द्र यादव भन्छन् : प्रतिक्रिया दिने बेला भएको छैन « Khabarhub

बारा २ मा अग्रता लिइरहेका उपेन्द्र यादव भन्छन् : प्रतिक्रिया दिने बेला भएको छैन


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थल आएका यादवले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु ।’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : ३४ बजे

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न