प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न सांसद पन्तको माग « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न सांसद पन्तको माग


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरे ।

भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उनले हालसम्म भारत भ्रमणको मितिसमेत तय भई नसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाए । ‘संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उनले भने ।

भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद् र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु