भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुनः निर्माण « Khabarhub

भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुनः निर्माण


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा गोरखा भूकम्पका कारण क्षतिग्रस्त एक सय ६३ वटा विद्यालयको पुनः निर्माण कार्य सकिएको छ । भूकम्प गएको आठ वर्षमा सबै विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।

‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन पुनः निर्माण सम्पन्न भएसँगै जिल्लामा क्षतिग्रस्त सबै विद्यालयको भवन, शौचालय र खानेपानीको धारा पुनः निर्माण सम्पन्न भएको छ’, उनले भने ।

जिल्लामा ९१ वटा चार कोठे, १९ वटा तीन कोठे र दुई कोठे ५३ वटा विद्यालय भवन पुनः निर्माण भएको हो । साथै ६९ वटा शौचालय, ३६ वटा खानेपानी धाराको पुनः निर्माण सकिएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी दुई सय ६८ वटा कार्यक्रम लागू गरिएको थियो ।

पुनः निर्माणको काम आर्थिक वर्ष २०७३-२०७४ बाट सुरु भएको थियो । तत्कालीन समयमा पाँच वर्षमा पुनः निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : २५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ