स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह « Khabarhub

स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणमा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

लाइसेन्स वितरण गर्दा सरकारले बोलकबोल आह्वान गर्नुपर्ने भन्दै उनले नेपालभन्दा अर्थतन्त्र र जनसङ्ख्याका हिसाबमा कैयौँ गुणा ठूला छिमेकी चीन र भारतमा पनि दुई वटा मात्र स्टक एक्सचेञ्ज रहेको बताए ।

६० अर्ब पुँजी भएको अहिलेको स्टक एक्सचेञ्जलाई सिध्याउने खेल भएको सिंहको आरोप छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : २१ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ