हिन्दू मन्दिर तोडफोडका घटना नियन्त्रण गर्न गम्भीर छौँ : अस्ट्रेलियन मन्त्री सुक्कर « Khabarhub

हिन्दू मन्दिर तोडफोडका घटना नियन्त्रण गर्न गम्भीर छौँ : अस्ट्रेलियन मन्त्री सुक्कर


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाका सुकुम्बासी, सामाजिक तथा सामुदायिक आवासमन्त्री माइकल सुक्करले हिन्दू मन्दिरमा तोडफोडका घटना नियन्त्रण गर्न आफ्नो सरकार गम्भीर रहेको जनाएका छन् । केही खालिस्तान पृथकतावादी समर्थकहरूको गतिविधि र हिंसाप्रति अस्ट्रेलियाले शून्य सहनशीलताको नीति लिएको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईलाई दिएको अन्तरवार्तामा अस्ट्रेलियाका मन्दिरलाई लक्षित गर्दै भएका तोडफोडका घटनाबाट धेरै भारतीय चिन्तित रहेको मन्त्री सुक्करले बताए । उनले कुनै पनि हालतमा यस्ता हिंसात्मक कार्य सह्य नहुने पनि बताए ।

उनले भारत र अस्ट्रेलियाबीचको सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताए । अन्तरवार्तामा उनले अस्ट्रेलियामा रहेको भारतीय प्रवासी समुदायले पनि दुई मुलुकबीचको सम्बन्धलाई महत्वपूर्ण बनाएको टिप्पणी गरे ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : ३५ बजे

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन