‘ए’ डिभिजन लिग : आर्मीको सहज जित « Khabarhub

‘ए’ डिभिजन लिग : आर्मीको सहज जित


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ :  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक गोल गरे ।

जिलेस्पीले खेलको १२ औँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल सावित भयो । प्रतियोगितामा आर्मीको यो पाँचौँ जित हो । आर्मीले १२ खेलमा १९ अङ्क जोडेको छ । यससँगै आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता चर्च ब्वाइजको भने यो दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले मनाङ मस्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे । उनले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : २३ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको