‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’ « Khabarhub

‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको हो ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए । उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे ।

परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतको माग राखेको छ ।

यस्तै टोलीले श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको थियो । भेटमा मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको सुझावका लागि धन्यवाद दिए । उनले पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ४१ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको