आज २०८० साल जेठ ११ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल जेठ ११ गते बिहीबारको राशिफल


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल जेठ ११ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।

वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

मिथुन : अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट : दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या : भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक : बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ : आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन : आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : १५ बजे

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण

प्रधानमन्त्री कार्कीको भनाई हास्यास्पद : कमल थापा   

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र

फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार

काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा