लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा « Khabarhub

लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुम्बई इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले पूरा गर्न नसकेको हो । लखनउ १६ दशमलव ३ ओभरमा १ सय १ रनमै समेटिएको हो । लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलव २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे ।

मुम्बईसँग पराजित भएसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । यो खेलको विजेताले उपाधिको लागि पहिलो क्वालिफायरको विजेता चेन्नाईसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आईपीएल २०२३ को फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : ५९ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ