लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा « Khabarhub

लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुम्बई इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले पूरा गर्न नसकेको हो । लखनउ १६ दशमलव ३ ओभरमा १ सय १ रनमै समेटिएको हो । लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलव २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे ।

मुम्बईसँग पराजित भएसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । यो खेलको विजेताले उपाधिको लागि पहिलो क्वालिफायरको विजेता चेन्नाईसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आईपीएल २०२३ को फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : ५९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई