राजस्व संकलन कम हुँदा अर्थतन्त्र चलायमान भएन | Khabarhub Khabarhub

राजस्व संकलन कम हुँदा अर्थतन्त्र चलायमान भएन

लगानीलाई घरजग्गाबाट उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समग्र आर्थिक अवस्था निकै दयनीय अवस्थामा पुगेको देखाएको छ। हरेक क्षेत्रमा आर्थिक संकुचन देखा पर्दै छन्। व्यापार घाटा, चालु खर्च र राजस्वको सन्तुलन नै बिग्रिएको अवस्था छ। यो बिग्रिएको अवस्थालाई चिर्नको लागि नीति तथा कार्यक्रमले कसरी सम्बोधन गर्यो ? सम्बोधन गर्नको लागि पर्याप्त आधारहरू के के छन् ? बजेट निर्माणको क्रममा यो नीति तथा कार्यक्रमले कसरी सहयोग पुर्याउन खोजी रहेको छ ? यी र यस्तै विषयमा विषयमा आधारित भएर अर्थविद् दिलनाथ दङगालसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

नीति तथा कार्यक्रम किन लामो भएको हो ?
नीति तथा कार्यक्रम १८८ बुँदामा आयो। यो सुन्न र पढ्न पनि धेरै समय लाग्ने भएको छ। नीति तथा कार्यक्रम यति धेरै लामो गरी आउनुपर्छ जस्तो लाग्दैन। नेपालको अर्थतन्त्रमा भएका परिवर्तन तथा आक्रमणमा आएको कार्यलाई सुधार गरे मात्र हुन्छ। नीति तथा कार्यक्रम परम्परागत रूपमा आएको हो। तर अहिले त्यो आवश्यक छैन। सरकारले राष्ट्रपतिलाई झुट बोल्न लगाउनु हुँदैन। यो गलत हो। नीति तथा कार्यक्रममा विस्तारै सुधार भएको छ। विभिन्न पक्षबाट सहयोगको भावनाका हात अगाडि बढेका छन्। सामाजिक विकास तथा सुधार भएको छ। सरकारी नीति होइन सकारात्मक सोच सबैमा विकास हुनुआवश्यक छ।

आयात निर्यातको असन्तुलन मिलेको छैन। राजस्व उठ्न नसकेको अवस्थामा प्रशासनिक काम कसरी चुस्त दुरुस्त हुन्छ ?
आयात तथा व्यापार नै १८ प्रतिशतले घटेको छ। कारोबार नै कम भएको कारण बाहिरबाट आयात कम भएको छ। आयात रोक्यो भने निर्यात बढाउने हाम्रोमा धेरै स्थान छन्। आयात र निर्यातले एउटा समस्या समाधान गर्छ। दोस्रो राजस्व सङ्कलन निर्यात बढाउनलाई हामीले पहिला आन्तरिक उत्पादन गर्नुपर्ने हुन्छ। त्यसमा पनि मूल्य वृद्धि अर्को समस्या रहेको छ। कुन कुन वस्तुको महत्त्व धेरै छ र बाहिर पठाउन सकिन्छ। सरकारले यो विषयको सहजिकरण गर्नुपर्छ। मलको उत्पादनमा वृद्धि गर्ने, नेपालमा ४२ प्रतिशत जमिनमा मात्र सिंचाई पुगेको छ। हामीले आयात निर्यातलाई सही रूपमा सङ्कलन तथा परिचालन गर्न सक्नुपर्छ। राजस्व सङ्कलन कमी भएर सरकारले समयमा खर्च गर्न नसक्ने अवस्था भएको कारण अर्थतन्त्र चलायमान नभएको हो। ५५ वर्ष यता राजस्वमा पहिलो पटक कमी आएको हो। यसको समाधान पनि खोज्नु पर्छ।

सरकारले लिएको २० प्रतिशत स्वदेशी उत्पादनमा संरक्षण गर्न एउटा नीति तथा कार्यक्रम घुसाइएको छ। यो कार्यान्वयन गर्नको लागि हो वा खुसीयाली छर्नको लागि मात्र हो ?
बजेट नीति तथा कार्यक्रम किन ल्याइन्छ ? यो देशका धेरै जनता कृषिमा आधारित छन्। ६० प्रतिशतको हाराहारीमा कृषिसँग जोडिएका छन्। २४ प्रतिशतले भने हाम्रो अर्थतन्त्रमा योगदान दिइरहेको छ। त्यसलाई कार्यान्वयनको बाटो खोज्नु आवश्यक छ। देशको अवस्था के हो भनेर अनुसन्धान गर्नुपर्छ। हाम्रा युवालाई कृषिमा सपना देखाउने वातावरण सिर्जना गर्नुपर्छ। बाहिरबाट चोरी नाका हुँदै आउँछ त्यसमा रोक लगाउनुपर्छ। बजारको व्यवस्थामा कमी त्यसमा सुधार गर्ने उत्पादनले बजार र मूल्य पाउनुपर्छ अनि मात्र सुधार हुन्छ। नेपालमा आर्थिक नीति नै छैन पहिला आर्थिक नीति बनाउनुपर्छ। विकास गर्ने प्राथमिकता के हो त्यसमा ध्यान दिएर जिम्मेवारी बहन गर्ने र सरकारको तर्फबाट अनुगमन गर्न सक्नुपर्छ।

नेपालको अर्थतन्त्र कसले चलाई राखेको छ ?
अर्थशास्त्रको ज्ञान भएका राजनीतिक जो प्रस्ट बोल्छन्। उनीहरुबाट तपाईं यसको उत्तर भेट्नु हुन्छ। तर मलाई के लाग्छ भने नियमित अस्थिरता चाहनेहरू र बाहिरी देशको बिचमा चलिरहेको पाइन्छ। विकासको ठूलो फड्को मार्न नै दिँदैनन्। यसबाट बाहिर जाने हो भने हामी जो राजनीतिक कार्यकर्तामा चेतना आउनुपर्छ। रूपान्तरणको विकास हुनुपर्छ।

बाहिरबाट ल्याएको लगानीले कस्तो स्थान दिन्छ ?
बाहिरीबाट लगानी ल्याउने कुरा धेरै पहिलेदेखि चलेको हो। अहिलेको पुँजीले हामीले लगानी गरेर हामीले उत्पादन गरेर हामी आत्मनिर्भर भएर मात्र होइन फेरि रोजगारको लागि पाँच लाख तथा कतिको कुरा गरेर सम्भव नै छैन। विदेशीबाट ल्याएको लगानी गरेको र पुँजी बेचेर आफ्नो देश सबै कमाएको पुँजी लिएर जान नै सक्दैन। त्यसकारण विदेशी लगानी ल्याउन सक्नुपर्छ त्यो भएको छैन। दुई वटा ठूला अर्थतन्त्र भएको देशको बीचमा बस्नु गलत हुन्छ। दुई वटा ठूला देश र बजारको बीचमा रहनु नेपालका लागि वरदान हो। त्यो हामीमा छ।

बैंकिङ प्रणालीबाट हुने सबै उत्पादित कार्य किन हुन सक्दैन। यसको खास कारण के हो ?
मेरो १३ महिनाको अनुसन्धानमा २० देखि ३० प्रतिशत व्यापारी पलायन छन्। बैंकको ब्याज तिर्न नसकेर, घरबेटीको भाडा तिर्न नसकेर, व्यापार व्यवसाय नचलेर। निजी क्षेत्रका व्यावसायीले व्यवसाय घाटामा नै छ भनेको सुन्छु। बैंक सबै क्षेत्रको मेरुदण्ड नै हो। त्यो कुनै हालतमा कमजोर हुनु हुँदैन। घर जग्गाको कारोबारले अनुत्पादक क्षेत्रमा लगानी बढेको छ। यसको नियन्त्रणमा सरकार लाग्नुपर्छ। घरजग्गा कारोबारलाई नियन्त्रण गरेर उत्पादन क्षेत्रमा लागानी गर्नु आवश्यक छ। यसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सहयोग गर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १० : १० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले