धमाधम कालोपत्र हुँदै हिले–छिन्ताङ त्रिवेणी सडक « Khabarhub

धमाधम कालोपत्र हुँदै हिले–छिन्ताङ त्रिवेणी सडक


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भोजपुर – कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए।

यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए । निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको सुनाए । वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ११ : ०१ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा