हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु « Khabarhub

हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग – दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ।

गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियोभने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए। सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो। विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : ५४ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा