हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु « Khabarhub

हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग – दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ।

गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियोभने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए। सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो। विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : ५४ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै