सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी  | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी 


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । 

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

 जितसंगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ७ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका