सबैलाई समेट्ने बजेट ल्याउँछौ : मुख्यमन्त्री यादव « Khabarhub

सबैलाई समेट्ने बजेट ल्याउँछौ : मुख्यमन्त्री यादव


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबै दलका प्रदेशसभा सदस्यको विश्वास लिएर सरकार अगाडि बढ्ने बताएका छन् ।

प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशअन्तर्गतका पालिकाहरूमा पठाउने ससर्त अनुदानको रकमका सम्बन्धमा बनेको कार्यविधिमा रहेको जटिलतालाई दलहरुकै सल्लाह र सुझावअनुसार संशोधन गरेर आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“सरकार गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचन गरी तीनवटा चुनाव भयो । आचारसंहिता र चुनावमा व्यस्त हुनुपरेकाले ससर्त अनुदानका सम्बन्धमा माननीयज्यूहरुसँग जति छलफल र समन्वय गर्नुपथ्र्यो त्यति गर्न सकिएन”, मुख्यमन्त्री यादवले भने, “आगामी आर्थिक वर्ष ससर्त अनुदानको रकम र बजेट, नीति तथा कार्यक्रममा सबैसँग छलफल एवं समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

आजै प्रदेश सरकारका सचिवहरुसँग बैठक बसेर तीन दिनभित्र अधिकार प्राप्त व्यक्तिबाहेकले चढ्ने गाडी फिर्ता ल्याउन निर्देशन दिइएको जानकारी दिँदै मुख्यमन्त्री यादवले पूर्वाधार कार्यालय सिरहाको कामकारबाही र लहान अस्पतालमा कर्मचारी नियुक्तिका सम्बन्धमा उठेका प्रश्नहरुबारे सम्बद्ध पक्षसँग जानकारी लिई आवश्यक निर्देशन दिइसकेको जानकारी सभालाई गराए ।

प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ५९ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ