भारतीय बुद्धिजीवीको उदण्डता र रहस्य « Khabarhub

भारतीय बुद्धिजीवीको उदण्डता र रहस्य

‘नेपाल र भारतको सांस्कृति सम्बन्धको समाधान उदण्डता होइन’



नेपाल र भारतको सम्बन्ध सामान्य र भावनात्मक विषयले उद्दण्डताका साथ प्रभावित हुने सम्बन्ध छ। खास गरेर नेपालमा केही पक्ष छन्। जो सधैभर आफूलाई राष्ट्रवादी देखाउन भारतलाई गाली गर्छन्। त्यसका नयाँ अवतारसमेत देखिन थालेका छन्। अझ नेपाल र भारतको सम्बन्ध उद्दण्डताका साथ प्रभावित गर्नका लागी भारतीय बुद्धिजीवी र मिडिया लाग्छन् भन्ने बढो रहस्यको विषय लागेको छ। अहिले अखण्ड भारत, ग्रेटर नेपालदेखि हिन्दी फिल्मसम्मले नेपाल र भारतको सम्बन्धमा दरार ल्याउनेकाम गरिरहेको चर्चा छ।

खास गरेर नेपालमा केही पक्ष छन्। जो सधैभर आफूलाई राष्ट्रवादी देखाउन भारतलाई गाली गर्छन्। त्यसका नयाँ अवतारसमेत देखिन थालेका छन्। अहिले अखण्ड भारत, ग्रेटर नेपालदेखि हिन्दी फिल्मसम्मले नेपाल र भारतको सम्बन्धमा दरार ल्याउनेकाम गरिरहेको चर्चा छ।

अझ नेपाल र भारतबीच बुद्धको जन्मको विषयमासमेत सधैँ विवाद नै देखिन्छ। अहिले एउटा हिन्दी चलचित्रले सीताको बारेमा गरेको व्याख्याले हिन्दी चलचित्रमाथि काठमाडौँ महानगरपालिकाले प्रतिबन्ध लगाउने अवस्थाको सिर्जना भयो। यसले कच्चा निर्णय र आक्रोशबाट नयाँ नेतृत्व अगाडि बढेको प्रष्ट देखिन्छ।

भगवान बुद्ध नेपालमा जन्मिनुभयो। बुद्धत्व प्राप्त बोधगयामा गर्नुभयो। २६ सय वर्ष अगाडि जन्मिनुभयो। सीता त्यत्ति बेलाको मिथिला अन्तर्गतकै जसलाई अहिले हामी सितामणि भन्छौँ भारतको बिहारको सितामणिमा जन्मिनुभयो। जनकपुरको दरबारमा बढ्नु भयो र त्यहीबाट विवाह भयो। नेपाल भन्ने राष्ट्रमा यी दुवै भूगोल २५० वर्ष अगाडि परे। भारत भन्ने देशमा यी दुवै बोधगया र सीतामणि भूगोल अंग्रेजले राजाको रूपमा शासन गर्यो। त्यसपछि ब्रिटिस इन्डियामा पर्नगयो।

पुष्कर भट्नागर भारतको अफिसरले एउटा संस्था निर्माण गर्नुभएको थियो अहिले सरोजवालाले त्यो संस्थाको नेतृत्व गर्नु हुन्छ। त्यसमा उहाँले राम कहिले जन्मिए भनेर रिसर्च आर्टिकल प्रकाशित गर्नुभएको छ।

त्यसमा उहाँले वाल्मीकिकृत रामायणमा हरेक घटना हुँदा ग्रहहरूको पोजिसन के छ भनेर उल्लेख गर्नुभएको छ। त्यो ग्रहहरूको पोजिसन राख्दा नासाको क्यालेन्डर क्याल्कुलेशन गर्ने सफट्वर्यरमा राख्दा त्यो इसा पूर्व ५४ वा ५५ सय वर्ष अगाडिपर्छ भनिएको छ। त्यसलाई पुष्टि गर्न उहाँले पाठ्यक्रममा पनि राख्नुभएको छ।

त्यो फेजमा श्रीलङ्का र रामेश्वर अहिले जहाँ छ तामिलनाडु त्यसको बीचमा गङ्गा नदी भन्दा पनि सानो समुद्र थियो भनेर उल्लेख गर्नु भएको छ।

पुष्कर भट्नागर भारतको अफिसरले एउटा संस्था निर्माण गर्नुभएको थियो अहिले सरोजवालाले त्यो संस्थाको नेतृत्व गर्नु हुन्छ। त्यसमा उहाँले राम कहिले जन्मिए भनेर रिसर्च आर्टिकल प्रकाशित गर्नुभएको छ।

त्यो तथ्यलाई हेर्दा हामी रामको पनि नागरिकता हेर्छौँ। त्यति बेला नेपाल भन्ने भूगोलमा के के थिए होलान ! बुद्धको जन्मस्थान कौसल त्यो उताको श्रीबस्तीहरु पनि त्यही राज्यमा पर्थे। त्यसपछि त्यो अवध भयो। यसरी इतिहासलाई हेर्दा राज्य बढ्ने भत्किनेक्रम जारी छ।

त्यस कारण त्रेता युगमा माता सीता जन्मेको ठाउँ अहिले भारतको सीतामणिमा पर्छ। जहाँ हुर्किनुभयो र जहाँ विवाह भयो त्यो नेपालको जनकपुरमा पर्छ। यो भनेको २५० वर्ष अगाडिदेखि निर्माण भएको कुरा हो।

त्यसको लागि इमोसनमा आएर हामीले सडकदेखि सामाजिक सञ्जालसम्म गालीमा निस्कनु पर्दैन। चिफ पपुलारिटीको लागि सडकमा राष्ट्रवादको कुरा ल्याउँछौँ। सीता माता त क्यारेवियनदेखि फिँजीसम्म बस्ने सम्पूर्ण हिन्दुहरूको आस्थाको व्यक्तित्व हो।

त्रेता युगमा माता सीता जन्मेको ठाउँ अहिले भारतको सीतामणिमा पर्छ। जहाँ हुर्किनुभयो र जहाँ विवाह भयो त्यो नेपालको जनकपुरमा पर्छ। यो भनेको २५० वर्ष अगाडिदेखि निर्माण भएको कुरा हो।

आदिपुरुषको केही क्लिप हेर्दा हिन्दु धर्म संस्कृतिको फलुदा निकाली दियो। निश्चित धर्म संस्कृतिलाई अहिलेका पुस्ताले बुझ्दैनन्। जनताले बुझेनन् भनेर त्यस्तै बनाइदिने होइन। विकृत बनाइदिने पनि होइन। यस्ता पीडितलाई बुझाउने हो। लक्ष्मणले रामलाई भ्राता भन्र्ने भन्नुपर्छ ब्रो भनेको त सुहाउँदैन। त्यसैले यो हाम्रो धर्म संस्कृतिप्रति भद्दा मजाक हो। यस्ता गलत अभ्यासले दुई देशको सम्बन्धलाई अप्ठेरोमा पार्छ। यस्ता विषयको समाधान सांस्कृतिक र कूटनीतिक ढंगले खोज्नुपर्छ। (खबरहबसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ३२ बजे

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ– मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको

बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’

बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा