जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै | Khabarhub Khabarhub

जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ ।

जसपा केन्द्रीय समितिको हिजो बसेको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आज प्रस्तुत गरिने छ ।

यसैगरी भोलि सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । असार १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’