गलत परीक्षा प्रणालीले नर्सिङमा विद्यार्थी घटे « Khabarhub

गलत परीक्षा प्रणालीले नर्सिङमा विद्यार्थी घटे

देशको पढाइ असहज हुँदा भविष्य खोज्दै विदेश पुग्ने विद्यार्थी बढे


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीले गर्दा नर्सिङ क्षेत्रमा विद्यार्थी घटेका छन्। अधिकांश विद्यार्थी प्रवेश परीक्षामा फेल भएपछि नर्सिङतर्फ आकर्षण नभएको हो। देशको पढाइ असहज हुँदा अधिकांश विद्यार्थी विदेश गएका छन्। कसैले विषय नै परिवर्तन गरेर अर्को पढेका छन्। परीक्षाको नतिजाका लागि १० महिना लाग्ने भएकाले कतिपय अभिभावकले नै अर्कोतर्फ भर्ना गरिदिएको अवस्था छ।

अहिले इन्डियामा नर्सिङ शिक्षाका लागि कलेजहरू खुल्दै छन् । अबदेखि ती कलेजहरू यही कारणले भरिने वाला छन् । नेपालको झन्झटिलो प्रक्रियालाई छोडेर विद्यार्थी पढ्नका लागि भारत पुग्ने भएका हुन् ।

केन्द्रिकृत परीक्षा ठिक छ। मेरीटका आधारमा रिजल्ट निकालियोस्। यसरी अगाडि बढेमा हाम्रो सिट खाली भएका कलेज सबै भरिन्छन्।

‘प्लस टु’ गरेर माथिल्लो तह पढ्न पाउने नैसर्गिक हक ती विद्यार्थीलाई छ। त्यसलाई सम्मान गर्ने भए मेरीटको आधारमा रिजल्ट निकाल्नु राम्रो हुन्छ। यसरी नतिजा सार्वजनिक भए विद्यार्थीले कुनै झन्झटबिना अध्ययन गर्ने थिए। त्यसरी जाँदा नर्सिङ अध्ययन गर्न नसक्नेले विद्यार्थीका लागि अन्य विषय पढ्ने बाटो खुल्ने थियो। अथवा अर्को अवसरका लागि विदेश जान सक्ने थिए।

अहिलेको चिकित्सा शिक्षा ऐनमा सय बेडको अस्पतालले निर्सिङ कलेज सञ्चालन गर्न पाउने भनेर राखेको छ। त्यहाँ पीसीएल वा बिएसी भनेको छैन। त्यस कारण यसलाई कार्यविधि बनाएर शिक्षा आयोगले पीसीएल नर्सिङलाई वा बिएसी विश्वविद्यालय वा सीटीईभिटीईको प्रोगाममा एउटामा रोक लगाइयो।

केन्द्रिकृत परीक्षा ठिक छ। मेरीटका आधारमा रिजल्ट निकालियोस्। यसरी अगाडि बढेमा हाम्रो सिट खाली भएका कलेज सबै भरिन्छन्। यसो गरेमा पढ्न नपाउने विद्यार्थीले पनि पढ्न पाउँछन्।

अहिलेको विद्यार्थी नपाउने मुख्य समस्या भनेको सय बेडको अस्पताल आफ्नै हुनुपर्ने र इन्ट्रान्स परीक्षाको १० महिनाको रिजल्ट हो।

दुई वर्ष अगाडि मात्र इन्ट्रान्स परीक्षा विश्व विद्यालयले लिन्थ्यो। त्यो बेला हाम्रो ३० वा ४० सिटको कोटामा मेरीटको आधारमा भर्ना गर भनेर दुई सय जति विद्यार्थी पठाइन्थ्यो।
हामीले त्यो बेला टेलिफोन अफ गरेर बस्नुपर्ने अवस्था थियो। फोन बन्द नगरे प्रेसर आउने हुन्थ्यो। अहिले भने विद्यार्थी नै छैनन्। यो अवस्था अथवा परिवर्तन चिकित्सा शिक्षा आयोगले बनाएको परीक्षा सम्बन्धी कार्यविधिको दोष हो। चिकित्सा शिक्षा आयोग गठन भएपछि सय बेडको हस्पिटलको अनिवार्यता गर्दियो। यसले नर्सिङ शिक्षामा ठूलो असर परेको छ।

नेपालको झन्झटिलो प्रक्रियालाई छोडेर विद्यार्थी पढ्नका लागि भारत पुग्ने भए।

परीक्षा लिनेक्रममा ५० प्रतिशत फेल गराउँछ। त्यसो हुँदा विद्यार्थी सबै बाहिरिने भए।  अहिलेको विद्यार्थी नपाउने मुख्य समस्या भनेको सय बेडको अस्पताल आफ्नै हुनुपर्ने र इन्ट्रान्स परीक्षाको १० महिनाको रिजल्ट हो।

(खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा नर्भिक इन्स्टिच्युट अफ नर्सिङका प्रमुख कार्यकारी केएन शर्माले राखेको धारणाको सम्पादित अशं)

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ४३ बजे

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा