प्रतिपक्षीले विरोध गर्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुत हुन सक्दैन : मन्त्री श्रेष्ठ « Khabarhub

प्रतिपक्षीले विरोध गर्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुत हुन सक्दैन : मन्त्री श्रेष्ठ


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षमा रहेकाले विरोध गर्ने र सत्तापक्षमा बस्नेले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुत हुन नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञासको जवाफ दिँदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुत हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरु गर्नु पर्ने बताए ।

उनले सदनमा बजेटका विषयमा छलफल गर्ने र आएको सुझावहरुलाई अंगिकार नगर्ने परम्परालाई पनि अन्त्य गर्नुपर्ने धारणा राखे ।

गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा पैसाको चलखेललाई शून्यमा झारिएको दाबी गरे । त्यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन गरिएको भन्दै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा अनियमितता, भ्रष्टाचार देखिए कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।

सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा स्थापना हुने पनि उनले बताए ।

उनले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चालिसकेको र हालै आएको बाढिपहिरोबाट पीडितलाई आवश्यक राहत र पुर्नस्थापना गरिसकेको जानकारी दिए ।

उनले पश्चिम नेपालको जोखिमलाई मध्यनगर गरि दाङ र कैलालीमा पूर्व विपद तयार अभ्यास पनि गरिसकेको बताए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ४२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई