'एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरियाे' | Khabarhub Khabarhub

‘एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरियाे’


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयका कार्यक्षेत्रमा स्थानीय तहसँगको समन्वय बढाइने बताए ।

स्थानीय तहसँगको सहकार्यमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने योजना रहेको पनि उनले जानकारी दिए । मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहका विपन्न र एक महिलालाई सीप क्षमता वृद्धि गरिने तयारी रहेको उनको भनाइ छ ।

मन्त्रालयका लागि आगामी आर्थिक वर्षका एक अर्ब ७५ करोड रुपैयँ विनियोजन गरिएको छ । मन्त्री आचार्यले घरेलु कामको मूल्य निर्धारणका लागि अध्ययन अनुसन्धान कार्य भइरहेको र चार मन्त्रालयका कार्यको लैङ्गिक परीक्षण (जेण्डर एडिट) गर्ने, महिला र बालबालिकामाथि विद्युतीयरुपमा हुन सक्ने हिंसा रोक्ने र बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तय गर्ने कार्य भइरहेको जनाए ।

उनले बेवारिसे र जोखिममा परेका बालबालिकाको खोजी, उद्धार र संरक्षणका लागि काम भइरहेको, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत हालसम्म पाँच सय ३६ जनाको उद्धार भएको र काठमाडौँको गोठाटारमा एक सय ६५ शय्याको ज्येष्ठ नागरिक अस्पताल निर्माण भइरहेको अवगत गराए ।

मन्त्री आचार्यको जवाफमा थप स्पष्टीकरण माग गर्दै सांसद्हरुले समाज कल्याण परिषद्लाई प्रभावकारी बनाउन ठोस कार्यक्रम नभएको, त्यहाँभित्रको अनियमिता नियन्त्रण नभएको, स्थानीय तहसँगको सहकार्य अभिवृद्धि नभएको, अनुगमनको उचित प्रबन्ध नभएको र राष्ट्रिय बाल अधिकार परिषद्को बजेट कटौती गरिएको विषयमा ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री आचार्यले समाज कल्याण परिषद् स्वायत्त भए पनि यसको नियन्त्रण, अनुगमन र मूल्याङ्कन गर्न मन्त्रालय गम्भीर भएको बताउँदै बाल अधिकार परिषद्को बजेट कम भए पनि शून्य बजेट नगरिएको स्पष्ट गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : १४ बजे

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले