विपन्नका लागि घर बनाउँदै भीमदत्त नगरपालिकाका वडाध्यक्ष | Khabarhub Khabarhub

विपन्नका लागि घर बनाउँदै भीमदत्त नगरपालिकाका वडाध्यक्ष


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थालेका छन् ।

भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका लागि दुई कोठे पक्की भान्सासहितको घर निर्माणका लागि उनले सक्रियता बढाएका हुन् ।

सोनापुरमा दुई परिवार क्षेत्री र बाँकी २८ दलित परिवारको खरको छाना भएको घर तथा  महाकालीको बालुवा र गिटी छान्ने काम भइरहेको छ । वडाध्यक्ष बोहराले भने, “दातृ निकाय र दातासित गुहार मागेर भए पनि पाँच वर्षभित्र नमूना बस्ती बनाइसक्ने लक्ष्य छ । चालु आर्थिक वर्षमा दुईवटा घर निर्माण थालिएको छ ।” एउटा घरको ५० प्रतिशत काम सकेर अर्को घरको जग खन्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नमूना बस्ती निर्माणका लागि वडा कार्यालयले रु एक लाख विनियोजन गरेको छ । त्यसैगरी भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षमा उक्त बस्ती निर्माण अभियानका लागि रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष बोहराको भनाइ छ ।

“निर्वाचनका बेला पनि नमुना बस्ती निर्माण मेरो चुनावी एजेण्डा थियो ।” स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बोहराले भने, “विपन्न परिवार सानै भए पनि पक्की घरमा बस्न पाउन भन्ने मेरो ध्येय हो ।”

बस्ती निर्माणका लागि सबैपक्ष, निकाय र दातासित सहयोग मागेको उल्लेख गर्दै उनले  महाकाली तटीय क्षेत्रका विपन्न परिवार अझै महाकालीको बालुवा, गिटी कुटेर जीविका चलाइरहेको बताए ।

यसअघि भीमदत्त नगरपालिकामा नगरपालिकाको सहकार्यमा सांसद विकास कोषको रकमबाटसमेत यहाँ राउटे समुदायका लागि घर निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : २२ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा