विपन्नका लागि घर बनाउँदै भीमदत्त नगरपालिकाका वडाध्यक्ष « Khabarhub

विपन्नका लागि घर बनाउँदै भीमदत्त नगरपालिकाका वडाध्यक्ष


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थालेका छन् ।

भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका लागि दुई कोठे पक्की भान्सासहितको घर निर्माणका लागि उनले सक्रियता बढाएका हुन् ।

सोनापुरमा दुई परिवार क्षेत्री र बाँकी २८ दलित परिवारको खरको छाना भएको घर तथा  महाकालीको बालुवा र गिटी छान्ने काम भइरहेको छ । वडाध्यक्ष बोहराले भने, “दातृ निकाय र दातासित गुहार मागेर भए पनि पाँच वर्षभित्र नमूना बस्ती बनाइसक्ने लक्ष्य छ । चालु आर्थिक वर्षमा दुईवटा घर निर्माण थालिएको छ ।” एउटा घरको ५० प्रतिशत काम सकेर अर्को घरको जग खन्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नमूना बस्ती निर्माणका लागि वडा कार्यालयले रु एक लाख विनियोजन गरेको छ । त्यसैगरी भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षमा उक्त बस्ती निर्माण अभियानका लागि रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष बोहराको भनाइ छ ।

“निर्वाचनका बेला पनि नमुना बस्ती निर्माण मेरो चुनावी एजेण्डा थियो ।” स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बोहराले भने, “विपन्न परिवार सानै भए पनि पक्की घरमा बस्न पाउन भन्ने मेरो ध्येय हो ।”

बस्ती निर्माणका लागि सबैपक्ष, निकाय र दातासित सहयोग मागेको उल्लेख गर्दै उनले  महाकाली तटीय क्षेत्रका विपन्न परिवार अझै महाकालीको बालुवा, गिटी कुटेर जीविका चलाइरहेको बताए ।

यसअघि भीमदत्त नगरपालिकामा नगरपालिकाको सहकार्यमा सांसद विकास कोषको रकमबाटसमेत यहाँ राउटे समुदायका लागि घर निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : २२ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन