गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहणका लागि १ लाख विनियोजन : खेलकुदमन्त्री लिम्बु « Khabarhub

गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहणका लागि १ लाख विनियोजन : खेलकुदमन्त्री लिम्बु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख विनियोजन गरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पूरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताएका हुन् ।

उनले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, ७ सय ५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गर्न बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनले खेलाडीहरुको वृत्तिविकास गर्दै विभिन्न प्रतियोगीतामा भाग लिने वातावरण बनाउने बताए । चीनको होङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने एसियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिए ।

मन्त्री लिम्बुले राखेपलाई खेल क्षेत्रको विकासका लागि जवाफदेही काम गर्ने गरी पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरि काम अघि बढेको बताए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : १५ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा