ल्यापटपलगायत चोरीका सामानसहित दुई जना पक्राउ « Khabarhub

ल्यापटपलगायत चोरीका सामानसहित दुई जना पक्राउ


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन् । उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको उनले बताए।

जेठ २९ गते ललितपुर जिलाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको रु एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट रु ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त अपार्टमेन्टको आठौँ तलामा रहेको कोठामा खानतलासी गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई आजै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ४२ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्क– संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा

उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं–  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको

नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

पाल्पा– गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा

एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले विगत केही दिनदेखि न्यायिक