अमेजनले भारतमा थप १५ अर्ब डलर लगानी गर्ने « Khabarhub

अमेजनले भारतमा थप १५ अर्ब डलर लगानी गर्ने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाको प्रविधिमा आधारित व्यापारिक कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ ।

“प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यम एमएसएमई को डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले अमेरिका भ्रमणमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न सभालाई पनि सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको