चितवनको कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै « Khabarhub

चितवनको कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो।

सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताइन् ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको उनको भनाइ छ।

यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ । तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।

सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्याङ्कन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताइन् ।

सडक निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ०५ बजे

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू)

काठमाडौं– निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट

एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस्

काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को