कांग्रेस केन्द्रीय समिति बैठक : वैचारिक रूपान्तरण र अन्तर्राष्ट्रियता | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक : वैचारिक रूपान्तरण र अन्तर्राष्ट्रियता


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले अहिलेको डिजिटल युगमा धेरै चुनौती सामना गरिरहेको छ। अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा, फेसबुक र मूलधारका मिडियामा प्रत्यक्ष प्रसारण तथा प्राविधिक विकासलाई अँगाल्ने दलको प्रयासलाई प्रतिबिम्बित गर्दछ। तर, दलका सभापति शेरबहादुर देउवाले अनलाइन बैठक आयोजना गरेर आलोचनाबाट जोगिने प्रयास गरेको आशंका गर्ने मानिस पनि छन्।

देउवाले सामना गरिरहेको आलोचना र र दलको नेता र दल सञ्चालनमा उनको ‘अक्षमता’ बाबजुद पनि बैठक अनलाइन गराउने उनको पहललाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ। जे होस् लाइभ बैठकले दलका महामन्त्री गगन थापाको नेतृत्वमा, दलको पुनःताजकीकरण गर्ने उनको प्रयासमा, केन्द्रीय समितिको बैठकमा देउवा समर्थक र देउवा विरोधी गुटहरू बीचको गहिरो ध्रुविकरणलाई बुझन् पनि मद्दत गरेको छ।

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले अहिलेको डिजिटल युगमा धेरै चुनौती सामना गरिरहेको छ। अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा, फेसबुक र मलधारका मिडियामा प्रत्यक्ष प्रसारण तथा प्राविधिक विकासलाई अंगाल्ने दलको प्रयासलाई प्रतिविम्बित गर्दछ।

स्मरण रहोस् देउवा स्वभाविक रुपमा अब तेस्रो पटक पार्टी सभापतिमा आफ्नो दाबी गर्न सक्दैन किनभने कांग्रेसको विधानले दुई पटक भन्दा बढी कांग्रेसको सभापति हुन पाइदैन भन्ने व्यवस्था गरेको छ। त्यसैले देउवा इतरका समूहलाई अब कांग्रेसको १५ औं महाधिवेशनपछि पार्टी कस्तो बनाउने हो भन्ने गृहकार्य निर्माणमा व्यस्त हुनुपर्ने देखिन्छ।

नेपाली कांग्रेस २००४ सालमा गठन हुँदा विश्वमा दोस्रो विश्व युद्धले त्राहिमाम मञ्चाएको थियो। तेस्रो विश्वका साना तथा निर्बल एवं साम्राज्यबाट भर्खरै मुक्त भएका राष्ट्र कुनै पनि विश्व शक्ति राष्ट्रसँग समर्थनमा बस्नु हुँदैन भनेर असंलग्न वा तटस्थताको विदेश नीति लिइएका थिए। फलस्वरुप नेपालमा पनि असंलग्नताको नीति लिइयो। तर त्यति भन्दा भन्दै पनि बीपी को चामत्कारिक व्यक्तित्वले तटस्थ मात्रै बस्ने अवस्था भएन। चीनका चाउन एनलाई वा माओ होस् अथवा भारतका तत्कालीन प्रम नेहरुसँग बीपी आफ्नै व्यक्तिगत हैसियतका आधारमा सम्बन्ध विस्तार गर्न खोजेका थिए। त्यो उनको १५ औं संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गर्ने क्रममा जनवादी गणतन्त्र चीनलाई पनि सदस्यता दिनुपर्छ भन्ने विषयले पनि इंगित गर्छ।

नेपाली कांग्रेस २००४ सालमा गठन हुँदा विश्वमा दोस्रो विश्व युद्धले त्राहिमाम मञ्चाएको थियो। तेस्रो विश्वका साना तथा निर्बल एवं साम्राज्यबाट भर्खरै मुक्त भएका राष्ट्र कुनै पनि विश्व शक्ति राष्ट्रसँग समर्थनमा बस्नु हुँदैन भनेर असंलग्न वा तटस्थाको विदेश नीति लिइएका थिए।

इजरायललाई भारत भन्दा पहिला समर्थन गरेर बीपीले नेपालको स्वतन्त्र र सार्वभौम विदेश नीतिको परिचय दिएका थिए। महान् नेताहरूको एउटा विशेषता हुन्छ। उनीहरु व्यक्तिगत तथा राजकीय सम्बन्ध दुवै विस्तार एवं स्थापित गर्ने प्रयास गर्छन्। बीपी र नेहरु त्यस्तै प्रकारका नेताहरू थिए। अर्थात् नेपाली इतिहासमा हेर्दा पनि त्यस्तो अलगवाद परराष्ट्र नीति लिइएको देखिँदैन। इतिहासको एउटा कालखण्डमा नेपालमा बहादुर शाहको पालामा विस्तारवादी विदेश नीति लिइएको थियो। जसमा बहादुर शाहले नेपालको भूभाग विस्तार गरे। नेपालको पूर्ण विस्तारवादी नीतिमा सुगौली सन्धिपछि ‘ब्रेक’ लागेको देखिन्छ। अङ्ग्रेजले तोकिदिएको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको सीमानै नेपालको आधिकारिक सीमा भयो।

राजा महेन्द्रले भने व्यक्तिगत भन्दा पनि राजकीय सम्बन्ध स्थापित गर्नमा जोड दिए। २०४६ पछि किसुनजीबाहेक अरु नेपालका नेतालाई भारतले त्यस्तो ‘पत्याएको’ जस्तो देखिँदैन। त्यसपछिका वर्षमा भने हाम्रो विदेश सम्बन्ध भनेको अनुदान मैत्री सम्बन्ध मात्रै बन्यो। विदेशी राष्ट्र प्रमुखसँग भेट्ने भनेकै अनुदान माग्न हो भन्ने जस्तो भाष्य निर्माण भयो। तर हाल सालै प्रम प्रचण्डको भारत भ्रमणमा केही हदसम्म सम्बन्धनको राजनीतिक आयाम भन्दा पनि आर्थिक पक्षमा प्रवेश गर्ने प्रयास गरेको देखिन्छ। त्यो आफैमा सकारात्मक छ।

इजरायललाई भारत भन्दा पहिला समर्थन गरेर बीपीले नेपालको स्वतन्त्र र सार्वभौम विदेश नीतिको परिचय दिएका थिए। महान् नेताहरुको एउटा विशेषता हुन्छ। उनीहरु व्यक्तिगत तथा राजकीय सम्बन्ध दुवै विस्तार एवं स्थापित गर्ने प्रयास गर्छन्।

अब फेरि नेपाली कांग्रेसकै चर्चा गरौं। यो दलमा एउटा प्रमुख चिन्ताको विषय भनेको ठोस वैचारिक छलफल नहुनु हो। नेपाली कांग्रेसको आफ्नो विचारधाराको स्रोत बीपी कोइरालाको पदचिह्नबाट विचलित भएको भनेर बहस धेरै समयदेखि हुँदै आएको छ। समयको परिप्रेक्ष्यमा कोइरालाको नीतिलाई विचार गरिरहँदा कांग्रेसले अहिलेको प्राविधिक विकासको युगमा आधारित रहेर बी.पी विचारलाई कार्यान्वयन गर्नुपर्छ।

सूचनाको प्रवाहलाई व्यवस्थित गर्ने र झुटा समाचारलाई रोक्ने जस्ता आजका चुनौती बी.पी कोइरालाको पालामा थिएनन्। त्यसैले पार्टीले प्राविधिक विकासका पक्षसँग लोकतान्त्रिक समाजवादका सिद्धान्त समेट्नुपर्छ। अर्थात् अहिलेको विश्वमा बी.पीले भनेको जस्तो वस्तुको उत्पादनमा पूँजीवादीकरण र वितरणमा समाजवादीकरणलाई नयाँ ढंगबाट कार्यान्वयन गर्दा वस्तुसँगसँगै डेटा/सूचनाको पहुँच र गलत डेटा/सूचनाको बिगबिगीबाट सीमान्तकृत वर्गलाई जोगाउनु पर्ने देखिन्छ। किनभने त्यही सीमान्तकृत वर्ग नै गलत सूचनाको प्रभावले दंगामा परिणत हुने देखिएको छ । केही समयअघि फ्रान्सको पेरिसमा भएको दंगा यसको एउटा उदाहरण हो।

यो दलमा एउटा प्रमुख चिन्ताको विषय भनेको ठोस वैचारिक छलफल नहुनु हो। नेपाली कांग्रेसको आफ्नो विचारधाराको स्रोत बीपी कोइरालाको पदचिह्नबाट विचलित भएको भनेर बहस धेरै समयदेखि हुँदै आएको छ।

साथै, गुगल, फेसबुक, ट्वीटर जस्ता विश्वव्यापी प्राविधिक क्षेत्रका बादशाह प्रेरित प्राविधिक विकासको आगमनले पार्टीले सामना गर्ने चुनौतीको प्रकृतिलाई परिवर्तन गरेको छ। यी प्रविधिको प्रयोगले विदेशमा बस्ने नेपाली डायसपोरा समुदायले परम्परागत दल भन्दा फरकलाई भोट हाल्न नेपालमा आफ्ना परिवारलाई प्रेरित गरे। फलस्वरुपः रवि, बालेन, हर्क जस्ता नौजवानको उदय भयो।

पार्टीले अब कसरी विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर नेपाली डायसपोराको माझमा जान सकिन्छ र उनीहरूलाई प्रभावित पार्न सकिन्छ भनेर योजना बनाउनु जरुरी छ । त्यसैले कांग्रेस घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिमा यथार्थवाद एवं उदारवाद अपनाए पनि सामाजिक सञ्जालमा उनीहरूकै भाषा प्रयोग गरेर ‘पपुलिजम वा लोकप्रियवाद’ तर्फ अग्रसर हुने रणनीति अंगीकार गर्दा उत्तम होला त ? प्रश्न उठ्न सक्छ। के कांग्रेसले त्यही ‘पपुलिजम वा लोकप्रियवाद’ को औजार प्रयोग गरेर आफूमाथि जनस्तरमा लागेको आरोप जस्तै नेपालको उद्योगधन्दा बेचेको, एमसीसी पास गरेको, भारतसँग लम्पसार हुने गरेको जस्ता दर्जनौँ विषयमा टिकटक भिडियो बनाएर आफ्नो ‘स्पष्टीकरण’ दिन सक्ला ? बहसको विषय छ।

पार्टीले अब कसरी विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर नेपाली डायसपोराको माझमा जान सकिन्छ र उनीहरुलाई प्रभावित पार्न सकिन्छ भनेर योजना बनाउनु जरुरी छ ।

सान्दर्भिक रहनका लागि नेपाली कांग्रेसले पार्टी नेतृत्वबाट आफ्ना कार्यकर्तालाई पुनः सक्रिय गर्नुपर्छ। निर्देशन र उचित जिम्मेवारीको अभावले पार्टीलाई सत्तामा टिकाउन र पटकपटक गठबन्धनको राजनीति गर्न पार्टी नेतृत्वलाई सघाउनेबाहेक कार्यकर्ता अरु केही कार्यमा सक्रिय रहने अवस्था देखिएको छैन। त्यसैले महामन्त्री थापाको एक वर्षभित्रमा पाँचदेखि ७ लाख कांग्रेसको नयाँ सदस्य निर्माण गर्ने योजनालाई प्रचारप्रसारमा मात्र सीमित नगरी यसको रणनीतिक कार्यान्वयन पनि आवश्यक देखिन्छ। नेपाली कांग्रेसले नौजवानलाई कांग्रेसको सदस्य किन बन्नुपर्छ भन्ने मुल प्रश्नको जवाफ बालेनको अहिलेको फेसबुक स्टास वा रविको संसद्‌मा दिएको वक्तव्य भन्दा ‘रामवाण’ हुनुपर्छ। नभए ख्यालख्यालमै कांग्रेसको सदस्य हुन आउने अहिलेको अवस्थामा कठिन नै छ।

नेपालमा पार्टीको अस्तित्त्व र सफलताका लागि यस्तो खालको ‘अन्तर्राष्ट्रिय एक्सपोजर तथा सम्पर्क’ अत्यावश्यक देखिँदै आएको छ।

विश्वव्यापी मञ्चमा भारतको बढ्दो वर्चस्वलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले भारतको सत्तारुढ दल भाजपासँग पनि सम्पर्क विस्तार गर्नुपर्छ। बीजेपीसँगको पार्टी सम्बन्धलाई सुदृढ बनाउनुले भारतसँग द्विपक्षीय र बहुपक्षीय मुद्दामा सहकार्य गर्न अनुकूल वातावरण प्रदान गर्नेछ।

नेपालमा पार्टीको अस्तित्व र सफलताका लागि यस्तो खालको ‘अन्तर्राष्ट्रिय एक्सपोजर तथा सम्पर्क’ अत्यावश्यक देखिँदै आएको छ। साथै पश्चिमाले पनि भारत मार्फत नै नेपाल नीति निर्माण गर्ने गरेको पाइएको छ । नेपालमा भएका प्राय जसो दूतावासले भिसाको कार्य दिल्लीबाटै सञ्चालन गर्नाले पनि नेपालको सार्वभौमिकता कठिन अवस्थामा रहेको देखिन्छ।

विश्वव्यापी मञ्चमा भारतको बढ्दो वर्चस्वलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले भारतको सत्तारुढ दल भाजपासँग पनि सम्पर्क विस्तार गर्नुपर्छ।

निष्कर्ष
नेपाली कांग्रेसले डिजिटल युगमा महत्वपूर्ण चुनौतीको सामना गरिरहेको छ। अहिले चलिरहेको केन्द्रीय समिति बैठकले प्राविधिक विकाससँग अनुकूलन गर्ने पार्टीको प्रयासलाई झल्काउँछ। तथापि, यसले ठोस वैचारिक छलफलको महत्त्व र भविष्यको लागि वृहत रोडम्यापको आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन।

पार्टीको सफलता यसको ऐतिहासिक विरासत र आधुनिक युगको मागबीच सन्तुलन कायम गर्नमा निहित छ। बलियो अन्तर पार्टी सम्बन्ध निर्माण गर्नाले, विश्वव्यापी मञ्चमा नेपालको रणनीतिक स्थितिको लागि पनि महत्त्वपूर्ण छ।

पार्टीको सफलता यसको ऐतिहासिक विरासत र आधुनिक युगको मागबीच सन्तुलन कायम गर्नमा निहित छ। बलियो अन्तर पार्टी सम्बन्ध निर्माण गर्नाले, विश्वव्यापी मञ्चमा नेपालको रणनीतिक स्थितिको लागि पनि महत्त्वपूर्ण छ। यी  अन्र्तगत दृष्टिलाई समेटेर र निर्णायक कार्य गरेर नेपाली कांग्रेसले आफ्नो उपस्थितिलाई पुनरुत्थान गर्न, आफ्नो स्थितिलाई बलियो बनाउन र नेपालमा एक प्रमुख राजनीतिक शक्तिको रूपमा आफ्नो विरासतलाई निरन्तरता दिनसक्छ। नोटः लेखकले लेखको संरचना, व्याकरण र स्पष्टता सुधार गर्न च्याट जिपिटी र अन्य एआई प्रविधिको प्रयोग गरेका छन्। लेखकका विचार मौलिक हुन्।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १ : २१ बजे

स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड दोस्रोपटक स्तब्ध

काठमाडौं– इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु

कोलम्बो – श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

प्युठान – प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध

बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

जनकपुर – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन

त्रिवेणीको गण्डक ब्यारेजमा भेटियो दुई शव

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव