लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज बस्दैछ । सोमबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको मुख्यमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने छन् ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : ४४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा