लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज बस्दैछ । सोमबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको मुख्यमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने छन् ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : ४४ बजे

रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु

बैतडी– रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा