अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट « Khabarhub

अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन  च्या च्युनले नेपालको विकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।

मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै युआन च्या च्युनले नेपालको विकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् । 

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पनि नेपाल विकासको प्रयासमा रहेकाले चीन सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण रहेको बताएका थिए । त्यस्तै चिनियाँ नेता युआन  च्या च्युनले नेपाल भ्रमणका क्रममा भएको भेटवार्ताका बारेमा पनि जानकारी गराएका थिए भने ओलीले दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरेको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिएका छन् । 

नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आएका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १२ : ४४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा