आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी महाधिवेशनमा पार्टी सभापति बदल्नुपर्ने र शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताएका छन् ।

४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गुरुङले अहिले नै पार्टी सभापति परिवर्तन गर्नुपर्छ भन्नेमा आफू नरहेपनि आगामी महाधिवेशनमा कोइरालालाई सभापति बनाउनुपर्ने बताएका हुन् ।

कानुनमन्त्री समेत रहेका गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेरै छाड्ने र रुपान्तरणको सुरुवात गर्ने उल्लेख गरे । उनले भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने दाबी गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ३० बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ