सिटी स्क्यान बिग्रिँदा सेवा प्रभावित « Khabarhub

सिटी स्क्यान बिग्रिँदा सेवा प्रभावित


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवा प्रभावित भएको छ। अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको हो।

सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको वार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो। मेसिनको ग्राफिक्स कार्डमा नै समस्या आएको अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले बताए।

अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०-५० जना बिरामीले सेवा लिँदै आएका थिए। २०७४ जेठमा ६ करोड ४७ लाख रूपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो।

मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै वर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो। सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई वर्षौँसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ०९ बजे

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित

‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको