घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा « Khabarhub

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ ।

पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ ।

वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ हरेक कुरा पनि राम्रो हुन्छ ।

शास्त्रका अनुसार, पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना गरी पूजा गरिन्छ भने त्यहाँ स्वयं लक्ष्मी माताको वास हुन्छ ।

वास्तु शास्त्रका अनुसार शंखमा यस्ता केही महत्त्वपूर्ण गुण हुने गर्दछन् जसले घरमा सकारात्मक ऊर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमि समेत जाग्रत हुने मान्यता छ ।

यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ । त्यसैले घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धन प्राप्ति हुने गर्दछ ।

शंखनाद गर्दा समेत शंखको ध्वनि पुगेको स्थानसम्मको त्यहाँ खुसियाली र समृद्धि बनी रहने गर्दछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : ४१ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी