ट्रम्पद्वारा जर्जियास्थित काउन्टी जेलमा आत्मसमर्पण, २० मिनेटमै रिहा | Khabarhub Khabarhub

ट्रम्पद्वारा जर्जियास्थित काउन्टी जेलमा आत्मसमर्पण, २० मिनेटमै रिहा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरूले पनि फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारीरिक हुलियाको पनि रेकर्ड राखिएको थियो । आत्मसमर्पण गर्दा ट्रम्पको औंठा छाप र अनुहारको फोटो लिइएको छ ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरू पनि भेला भएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ३५ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक