भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध « Khabarhub

भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

यता, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ०६ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका