भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा « Khabarhub

भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका तीन उच्च अधिकारीमाथिको विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।

आयोगका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिहरूको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछाड्ने व्यवस्था गर्न कात्तिक २७ को बैठकबाट निर्णय गरिएको थियो।

उक्त निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले अब उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय आयोगले मंगलबार गरेको जनाएको छ। उक्त निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।

भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले अनुसन्धान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ४९ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ