महिला टी–२० सिरिज : नेपालद्वारा मलेसियासामू ८४ रनको लक्ष्य « Khabarhub

महिला टी–२० सिरिज : नेपालद्वारा मलेसियासामू ८४ रनको लक्ष्य


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् ।

जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  २ : ५१ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित