राप्रपा नेपाल हिन्दु राष्ट्रसहित राजसंस्थाको पक्षमा « Khabarhub

राप्रपा नेपाल हिन्दु राष्ट्रसहित राजसंस्थाको पक्षमा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । हिजो र आज दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरूले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताए ।

करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेको पार्टीको केन्द्रीय समिति बैठकले भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मूलभूत विचार हुने उल्लेख गरेका छन् । 

राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ । 

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : १० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता