अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी « Khabarhub

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । 

उनले लुम्बिनी प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जनाका लागि कार्यक्रम ल्याएको र उक्त कार्यक्रमका लागि सहयोग गर्न जेसीजसमक्ष आग्रह गरे । मुलुकको भविष्य युवाको काँधमा रहेको बताउँदै उनले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे । जेसिजमा उद्यमशील युवा आबद्ध रहेको भन्दै उहाँले रोजगारी सिर्जनामा सरकारले जेसिजसँग सहयोगको अपेक्षा गरेको बताए । 

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको जानकारी गराउँदै युवाको नेतृत्व विकासमा काम गर्दै आएको भनाइ राखे । 

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले देशको नेतृत्व युवाले गर्नुपर्ने बेला आएको बताउँदै त्यसका लागि तयार हुन आग्रह गरे । उनले व्यापार घाटाका कारण देशको अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको भन्दै त्यसलाई सही बाटोमा ल्याउनका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनु आवश्यक रहेको बताए। 

तिलोत्तमा जेसिजको आतिथ्यतामा दुई दिनसम्म चल्ने जेसिज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा प्यानल छलफल हुने तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमले बताए । सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब पाँच सय सहभागी रहेको तिलोत्तमा जेसिजका महासचिव महेश पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ३२ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित