सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो « Khabarhub

सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए । 

द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।

देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र पूजा खड्काले स्वण पदक दिलाए भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर मास्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ वसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी तृतीय भएको भैरवप्रसाद गणका लागि प्युठ विजय महर्जन र सिपाही सविता चौधरीले स्वर्ण पदक प्राप्त गरेका छन् । वीरभद्रजङ्ग गुल्मका लागि हिमाल खड्काले स्वर्ण पदक दिलाए ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरे । ट्रफीअन्तर्गत श्री नं ५ र २५ बाहिनीअन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबललगायत खेल सञ्चालन भएका थिए । 

नेपाली सेनाले खेलाडीमा सामूहिकताको भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा सर्पोट फोर फ्रेन्डसिप कुरालाई मनन गर्दै ट्रफी आयोजना गर्दै आएको छ । सुदूरपश्चिमबाट पृतनास्तरीय प्रतियोगिताबाट छनोट भएका विभिन्न खेलका खेलाडी प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ५९ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका