पौडी खेल्ने क्रममा बालकको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा बालकको मृत्यु


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महाकाली नदीले बगाउँदा बाबु–छोरा बेपत्ता

बैतडी– नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन् ।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए । दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए ।

“नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासि नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ”, उनले भने ।

उनका अनुसार घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन । बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ ।

बाढीले बगाएर एकजना बेपत्ता

लहान– गए रातिदेखि परेको अविरल वर्षाले आएको बाढीका कारण सिरहाको लहानस्थित खुट्टी खोलामा एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लहान नगरपालिका–२४ का ३५ वर्षीय शिवनारायण यादव रहेको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार ती युवकलाई बाढीले बगाई ल्याएको दाउरा टिप्ने प्रयास गर्दा बाढीले बगाएको हो । अहिले बेपत्ता भएको युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याउने काठ दाउरा टिप्नलाई स्थानीयवासीको घुइँचो लाग्ने हुँदा बाढीले बगाउने खतरा बढेर गएको स्थानीयवासी राजेश विद्रोहीले बताए । उनका अनुसार स्थानीयवासीले बाढीमा जोखिम मोलेर काठ दाउराको जोहो गर्ने गर्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १० : ५१ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री